डडेल्धुरा अस्पतालका दुई स्वास्थ्यकर्मी सेती नदीमा बेपत्ता, एकको उद्धार | Khabarhub Khabarhub

डडेल्धुरा अस्पतालका दुई स्वास्थ्यकर्मी सेती नदीमा बेपत्ता, एकको उद्धार


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डडेल्धुरा अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी सेती नदीमा बेपत्ता भएका छन् ।

डडेल्धुराबाट डोटीको शैलेश्वरी दर्शन गर्न आएका उनीहरु नुहाउने क्रममा नदीले बगाउदा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार खप्तडछान्ना गाउँपालिका वडा नंम्बर ५ बझाङ घर भएका एचए विनय सिंह, परशुराम नगरपालिका डडेल्धुरा घर भएका ल्याव असिस्टेण्ट हरिप्रसाद जोशी बेपत्ता भएका छन् ।

शिखर नगरपालिका वडा नं १० गहनानस्थित सेती नदीमा नुहाउने क्रममा उनीहरुसँगै बगेका एचए खगेन्द्र कुवँरको भने स्थानीयले उद्धार गरेका छन् ।

बेपत्ता भएका दुबै जनाको खोजिकार्यका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपि इन्द्रबहादुर मल्लले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ४ : २४ बजे

पाँचखालका ६ हजार परिवारका घरघरमा खानेपानी

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाका ६ हजार परिवारको घरघरमा खानेपानी पुर्‍याइएको छ

श्रीमतीको हत्या अभियोगमा पक्राउ

पर्सा– श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–४

सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न

मेची भन्सारबाट १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा

कल्भर्ट निर्माणले झोलुङ्गे पुल विस्थापित

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा झोलुङ्गे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको