आज थपिए ३१५ कोरोना संक्रमित, ९३ डिस्चार्ज (विवरणसहित) « Khabarhub

आज थपिए ३१५ कोरोना संक्रमित, ९३ डिस्चार्ज (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ रहेको मन्त्रालयले जानकारी दिएको छ । रौतहट र कैलालीमा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

२४ घन्टामा ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा १३ हजार २०१ रहेका छन् ।

आज कहाँ कति थपिए ?

डा. गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा सुनसरीका १, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका १, इलामका १७ र सिरहाका ५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १, इलामका ५, उदयपुरका १ र मोरङका २, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ७ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए।

नारायणी अस्पताल वीरगञ्जमा बाराका १, पर्साका ६२ र रौतहटका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बझाङका ४३, अछामका २८, कैलालीका ९, कञ्चनपुरका ८ र काठमाडौंका २ जनामा कोरोना पाइएको छ।

त्यसैगरी धुलिखेल अस्पताल प्रयोगशालामा कैलालीका २७, काभ्रेपलाञ्चोकका १ र रामेछापका दुई जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका १, स्टार अस्पताल सानेपामा पर्साका ३, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा काठमाडौंका २, भक्तपुर र पर्साका १/१ जनामा कोरोना भेटिएको छ।

प्रादेशिक क्षयरोग पोखरा प्रयोगशालामा कास्कीका १, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका २, सुर्खेत प्रादेशिक अस्पतालमा सल्यानका १, सेती प्रादेशिक अस्पताल धनगढीमा बझाङका २५, कैलालीका ५३ र कञ्चनपुरका १ जनामा कोरोना  कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

नेपालमा कति छन् सक्रिय संक्रमित ?

प्रदेश नं १ मा २ सय २५ जना

प्रदेश नं २ मा २ हजार ६६ जना

बाग्मती प्रदेशमा ५ सय ७५ जना

गण्डकी प्रदेशमा ३ सय १३ जना

प्रदेश नं ५ मा ३ सय ३ सय ८७ जना

कर्णाली प्रदेशमा २ सय ९७ जना

सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७५ जना

२४ घण्टामा थप ९३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ४९२ पुगेको छ ।

हालसम्म कुल संक्रमित मध्ये ७२.१ प्रतिशत कोरोना संक्रमित निको  भएर घर फर्किएका छन् ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

यसैगरी मन्त्रालयले स्थलमार्गबाट आउनेहरुको सीमा क्षेत्रमै स्वाब संकलन गरी रिपोर्ट नआउन्जेलसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ ।

त्यसैगरी २५ जना भन्दा बढी एकै ठाउँमा भेला नगर्न र नगराउन पनि मन्त्रालयले आग्रह गरेको छ । यो निकै आत्मघाती हुनसक्ने डा. गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ४ : ५८ बजे

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण