बारा, पर्साको हावाहुरी : ‘टोर्नाडो’ भएको पुष्टि « Khabarhub

बारा, पर्साको हावाहुरी : ‘टोर्नाडो’ भएको पुष्टि


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बारा र पर्सा २८ जनाको ज्यान लिने गरी आएको हावाहुरी ‘टोर्नाडो’ भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले पुष्टि गरेको छ ।

नास्टका मौसमविद मदनलाल श्रेष्ठसहितको टोलीले गरेको अध्ययनबाट नेपालमा विध्वंश मच्चाउने गरी आएको हावाहुरीको नाम टोर्नाडो भएको पुष्टि भएको हो। यस्तो प्रकारको हावाहुरी नेपालमा पहिलो पटक आएको पनि अध्ययन टोलीले पत्ता लगाएको छ ।

के हो टोर्नाडो

यो एक प्रकारको हावाहुरी नै हो । टोर्नाडो आउँदा आकाशबाट बादलसहितको शक्तिशाली वायु सोली धर्तीमा आउँछ । सोली बनेर आउने वायु जुन ठाउँमा ठोक्किन्छ त्यहाँ ठूलो बिना निम्त्याउने गर्दछ ।

टोर्नाडो आउँदा सुख्खा हुरीसहितको बादल र पानीसहितको बादल, चट्याङ, असिना पनि आउने गर्दछ ।

सेन्टिनियल नामको भूउपग्रहबाट गरिएको अध्ययनले नेपालामा आएको हावाहुरी टोर्नाडो भएको पुष्टि गरेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  १ : ३७ बजे

एमालेबारे जेन-जीले प्रधानमन्त्रीलाई भने : प्रतिक्रान्ति गर्न दमनकारी सल्बलाए, नियन्त्रण गर्नुस्

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जेन-जी आन्दोलनकारी, सहिद परिवार र

भोजपुरमा ८७ मतदानस्थल र १५५ केन्द्र सिफारिस

टक्सार– आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुदूरपश्चिमविरुद्ध फितलो बलिङले एनपीएलमा पोखराको लगातार दोस्रो हार

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको खेलमा

पोखरा र सुदूरपश्चिमबीचको खेलमा दर्शक खचाखच (तस्बिरहरू)

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा खेल