लकडाउन खुलेपछि कोरोना संक्रमण दर बढ्यो : डा. गौतम  | Khabarhub Khabarhub

लकडाउन खुलेपछि कोरोना संक्रमण दर बढ्यो : डा. गौतम 


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउन खुलेपछि नेपालमा कोरोना संक्रमितको संख्या वृद्धि भएको छ।

लकडाउन खुल्नुअघिको ११ दिन र लकडाउन खुलेपछिको ११ दिन (साउन ७–१७)को तुलना गर्दा संक्रमितको संख्यामा ०.८ प्रतिशतले वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

लकडाउन खुल्नुअघिको ११ दिनमा ४७ हजार ८७७ नमुनाको पीसीआर परीक्षणमा एक हजार ३४५ जनामा संक्रमण देखिएको थियो। यो भनेको २.८ प्रतिशत हो।

त्यस्तै लकडाउन खुलेको ११ दिनसम्म ५८ हजार १७४ नमुनाको पीसीआर परीक्षणमा दुई हजार ९२ जना नयाँ संक्रमित देखिएका थिए। यो भनेको ३.६ प्रतिशत हो।

मन्त्रालयले बन्दाबन्दी खुलेपछि रोकथामका प्रयासहरु पालना नगर्दा संक्रमण बढेको जनाएको छ।

विशेषगरी सामाजिक दूरी कायम नगर्ने, सीमा नाकाबाट स्वाब संकलन नगरी भित्रन दिने र मास्क नलगाउने गर्दा संक्रमणको खतरा झनै बढेर गएको जनाएको छ।

शनिबार मात्रै ३१५ जनामा संक्रमण पुष्ट भएको छ भने संक्रमित संख्या २० हजार ८६ पुगेको छ।

कोरोना संक्रमणको दर बढेसँगै मन्त्रालयले स्थलमार्गबाट आउनेहरुको सीमा क्षेत्रमै स्वाब संकलन गरी रिपोर्ट नआउन्जेलसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ ।

त्यसैगरी २५ जना भन्दा बढी एकै ठाउँमा भेला नगर्न र नगराउन पनि मन्त्रालयले आग्रह गरेको छ । यो निकै आत्मघाती हुनसक्ने स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनले स्वास्थ्यप्रति विशेष ख्याल गर्न पनि अनुरोध गरे ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ५ : २४ बजे

सहकारीमा कार्यरत रेश्मिका मृत भेटिइन्

खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार

स्रोत जुगाडमा अन्तरिम सरकार : शहरी मन्त्रालयका कयौँ योजना काटिन सक्ने

काठमाडौँ – सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चालु आर्थिक वर्ष

गाजामा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी

एजेन्सी– एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मंगलबार गाजा

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु

इस्लामावाद- पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन

जलेश्वर–  ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै