‘इनफ इज इनफ’का सत्याग्रहीको मागमा काँग्रेसको ऐक्यबद्धता « Khabarhub

‘इनफ इज इनफ’का सत्याग्रहीको मागमा काँग्रेसको ऐक्यबद्धता


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम प्रभावकारी नभएको भन्दै विभिन्न माग राखेर सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियान्ताहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले भेटेका छन् ।

सभापति देउवाले वसन्तपुर पुगेर ‘इनफ इज इनफ’ अभियानका सत्याग्रहीहरुलाई भेटेर उनीहरुको मागमा ऐक्यबद्धता जनाएका हुन् ।

शनिबार दिउँसो वसन्तपुरमा पुगेका सभापति देउवाले युवाहरुको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

देउवाले युवाहरुले अघिल्लो पटक गरेको अनशनका बेला सरकारले गरेको सम्झौतालाई पूरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने बताए ।

अभियन्ता ई लगायत युवाले कोरोना भाइरसरोकथामका लागि प्रभावकारी कदम चाल्नु पर्ने, पीसीआर परीक्षण बढाउनु पर्ने, सरकारसँग भएका सहमति कार्यान्वयन हुनुपर्ने लगायतका मागसहित सत्याग्रह बसेका बसिरहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ६ : ०७ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त