विश्वभर १ करोड ३ लाख बढीले जिते कोरोना विरुद्धको लडाइँ « Khabarhub

विश्वभर १ करोड ३ लाख बढीले जिते कोरोना विरुद्धको लडाइँ


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वभर कोरोना भाइरसको संक्रमण भएका १ करोड ३ लाखभन्दा मानिस संक्रमणमुक्त भएका छन्।

जोन्स होप्किन्स विश्वविद्यालयले तयार पारेको तथ्यांक अनुसार हालसम्म विश्वभरबाट १ करोड ३ लाख ६५ हजार १ सय ७७ जना कोरोना संक्रमुणमुक्त भएका छन्।

यो नेपाली समय अनुसार शनिबार रातको १० बजेसम्मको तथ्यांक हो।

सबैभन्दा बढी निको हुनेमा ब्राजिल पहिलो नम्बरमा छ। अमेरिका, भारत र रुसले ब्राजिललाई पछ्याइरहेका छन्। ब्राजिलमा २० लाख ८ हजार ८५४ संक्रमित निको भएका छन् भने अमेरिकामा १४ लाख ३८ हहजार १ सय ६० जना निको भएका छन्।

भारतमा १० लाख ९४ हजारभन्दा बढी संक्रमित निको भएका छन्। रुसमा निको हुनेको संख्या ६ लाख ४५ हजारभन्दा बढी छ। नेपालमा हालसम्म २० हजार ८६ जना संक्रमित भएका छन् भने १४ हजार ४९२ जना निको भएका छन्।

हालसम्म विश्वका ६ लाख ८० हजार संक्रमितको भने मृत्यु भएको विश्वविद्यालयको तथ्यांक छ। अमेरिकामा सबैभन्दा बढी १ लाख ५३ हजार ६ सय ४२ संक्रमितको मृत्यु भएको छ।

हालसम्म विश्वभरका १ करोड ७६ लाख ३९ हजार १ सय ८५ जनामा कोरोना संक्रमण भएका छन्। सबैभन्दा बढी संक्रमित अमेरिकामा छन्। अमेरिकामा ४५ लाख ७९ हजार ७ सय ६१ जना संक्रमित भएको विवरण विश्वविद्यालयले प्रकाशन गरेको छ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १० : ३३ बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले