कुवेतले थप २४ देशमा लगायो प्रतिबन्ध | Khabarhub Khabarhub

कुवेतले थप २४ देशमा लगायो प्रतिबन्ध

प्रतिबन्ध नगरिएका मुलुकमा १४ दिन बसे प्रवेश अनुमति दिइने



दोहा : कुवेत सरकारले कोरोना भाइरसका कारण बन्द गरेको हवाई उडान पुन: सूचारु गरेको छ । उडान सुरु गरेसँगै कुवेतले नेपालसहित ३१ वटा देशका नागरिकहरुलाई तत्कालका लागि कुवेत प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

कुवेतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार नेपालसहित भारत, इरान, चीन, ब्राजिल, कोलम्बिया, अरमेनिया, बङ्गलादेश, फिलिपिन्स, इजिप्ट, श्रीलंका तथा इराक छन् ।

यस्तै, सिरिया, लेबनान, स्पेन, सिंगापुर, बोसनिया, हर्जेगोविना, मेक्सिको, इण्डोनेशिया, चिली, पाकिस्तान, हंङकङ, इटली उत्तरी, मेसिडोनिया, मोल्डोभा, पानामा, पेरू, सर्बिया, मोन्टेनेग्रो र डोमिनिकन रिपब्लिक देशहरुमा उडान स्थगित गर्ने निर्णय भएको जनाएको छ ।

तर उक्त देशका नागरिकले निषेध नगरिएका मुलुकमा १४ दिन बसेमा कुवेत प्रवेशमा अनुमति दिने जनाएको छ । सबै यात्रुहरुले विमानस्थलमा प्रवेश गर्ने र प्रस्थान गर्ने प्रक्रियालाई सहज पार्न सबै स्वास्थ्य प्रक्रियाहरू र निर्देशहरूको पालना गर्नुपर्ने जनाएको छ ।

यसघि कुवेतले नेपालसहित ७ देशहरुलाई कुवेत प्रवेशमा प्रतिबन्ध लागिएको थियो भने अहिले थप २४ देशहरुबाट कुवेत आउन प्रतिबन्ध लगाएको छ ।

कुवेतमा विभिन्न कारणले रोजगारी गुमाएका तथा कार्यअबधि पुरा गरि स्वदेश फर्कन पाएका छैनन् भने बिदामा गएका नेपाल श्रमिकहरु कुवेत फर्कन पाएका छैनन् । कुवेतमा विभिन्न क्षेत्रमा गरि करिव ५० हजार नेपाली श्रमिक कार्यरत रहेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १२ : २२ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको