गण्डकीका मुख्यमन्त्री गुरुङले भने– ओलीलाई पाँच वर्ष हटाउन मिल्दैन « Khabarhub

गण्डकीका मुख्यमन्त्री गुरुङले भने– ओलीलाई पाँच वर्ष हटाउन मिल्दैन


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती (नवलपुर) । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नमिल्ने बताएका छन् ।

पूर्वी नवलपरासीको नदी तटीय क्षेत्रमा भएको कटान तथा डुबानको निरीक्षण गर्न आएका मुख्य मन्त्री गुरुङले शनिबार कावासोतीमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीलाई पाँच वर्ष सरकार चलाउन जनताले म्यान्डेट दिएको बताए ।

‘विगतमा पटक पटक सरकार बने पनि स्थायी सरकार बन्न नसकेको भन्दै हामीले चुनावमा भोट मागेका थियौं, उनले भने, ‘अहिले नै प्रधानमन्त्रीबाट हटाउने कुरा जनताको म्यान्डेट होइन ।’

‘राष्ट्रियताको सम्बन्धमा वा विगतमा नाकाबन्दीका बेला खेलको भूमिका लगायतले पनि ओली नै पाँच वर्ष प्रधानमन्त्री रहनुपर्छ, गुरुङले भने ।

नेकपाका नेता गुरुङले कम्युनिस्ट पार्टीको इतिहासलाई हेर्दा जुँगाको लडाइले मात्रै पार्टी फुटेको बताए ।

उनले आगामी पार्टीको एकता महाधिवेशनले मात्रै को अध्यक्ष रहने फैसला गर्ने पनि स्पष्ट गरे ।

दुई अध्यक्ष रहने कुरा अवैधानिक

नेकपा नेता एवम् मुख्यमन्त्री गुरुङले पार्टीमा दुई अध्यक्ष रहने कुरा पनि अवैधानिक रहेको बताए । तर संक्रमणकालिन अवस्थामा दुई पार्टी एकता गर्ने भएर मात्रै दुई अध्यक्ष बनाइएको बताए ।

पार्टीलाई दुर्घटनाबाट बचाउनका लागि एकताको महाधिवेशन गर्नु उपयुक्त हुने उनले सुझाए । उनले समस्याको समाधान अंकगणितका हिसाबले मात्र नहुने भन्दै कहिलेकाही बिजगणीय हिसाबले पनि हुने तर्क गरे ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १२ : ४१ बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ