सिन्धुपाल्चोक पहिरो अपडेट :  बेपत्ता ८ जनाको पहिचान खुल्यो, खोजी जारी « Khabarhub

सिन्धुपाल्चोक पहिरो अपडेट :  बेपत्ता ८ जनाको पहिचान खुल्यो, खोजी जारी


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ६/७ घण्टासम्म भएको ‘अति भारी’ वर्षाले सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा परी बेपत्ता भएकाहरूको पहिचान खुलेको छ ।

पहिरोमा पुरिएका ८ मध्ये एक जनाको जीवितै उद्धार गरी मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । उनी बारू साह नाम गरेका भारतीय नागरिक रहेको खुलेको छ ।

प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका अरू ८ जना कामदारहरु पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा पर्सास्थित वीरगञ्जका प्रदिप चौरासिया, विक्रम थिङ, मानवबहादुर रूम्बा, राजेन्द्र चौरासिया, सोनाम लामा, शिव बालक, सिमन घलान र भारतीय नागरिक राजेन्द्र चौधरी छन् ।

बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय परिचालित भएका छन् ।

 

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ८ : ११ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी