कोरोनाबाट समस्यामा परेका नेपालीलाई कतारले दियो राहत कुपन « Khabarhub

कोरोनाबाट समस्यामा परेका नेपालीलाई कतारले दियो राहत कुपन



दोहा : कतार सरकारको संस्था कतार च्यारिटिले कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुका लागि २२५० राहत कुपन उपलब्ध गराएको छ ।

विश्वब्यापी रुपमा देखापरेको करोना भाइरस नियन्त्रणका क्रममा कतार सरकारले आफ्ना नागरिक तथा अन्य आप्रवासी नागरिक सबैका लागि समान व्यवहार गर्दै सो राहत कुपन गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान मार्फत दिएको एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षेत्रीले जानकारी दिए ।

प्रवक्ता क्षेत्रीका अनुसार प्राप्त भएको राहत कुपन आवश्यकता अनुसार कोरोनाबाट पिडित तथा खानको लागि समस्या भएको नेपाली श्रमिकलाई वितरण गरिने बताएका छन् ।

कोरोनाबाट सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केही नेपाली श्रमिकहरुलाई देखापरेका समस्या समाधानका निम्ति गैरआवासीय नेपाली संघ कतारको समन्वयमा कतारको गृह मन्त्रालयद्वारा कतार च्यारिटिमार्फत नेपाली दूतावासको समेत सहकार्यमा गैह्रआवासीय नेपाली संघ कतारद्वारा ५,९१७ थान राहत स्वरुप खाद्यसामग्री वितरण गरिसकिएको जनाएको छ ।

कतारमा कोरोना सङ्क्रमणबाट १७ जना नेपाली श्रमिकले ज्यान गुमाएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् ।

कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भए भन्ने बारे दूतावाससंग पनि तथ्याङक छैन । कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १२ : ४६ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य