कोरोनाको जोखिमबारे प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल गर्दै « Khabarhub

कोरोनाको जोखिमबारे प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल गर्दै


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको अवस्था र जोखिमबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहित स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले भोलि मंगलबार स्वास्थ्य मन्त्री ढकालसहित मन्त्रालयका विज्ञहरु, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अध्यक्ष तथा विज्ञहरुसँग छलफल गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले खबरहबलाई बताए ।

नेपालमा लकडाउन खेलेसँगै कोरोना संक्रमण र संक्रमितको मृत्युदर बढ्दै गएपछि प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथामको जिम्मेवारी लिएका मन्त्रालय र निकायमा मन्त्री तथा विज्ञ र जनस्वास्थ्य विज्ञहरुसँग छलफल गर्न लागेका हुन् ।

‘स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, स्वास्थ्य मन्त्रालयका विज्ञहरु, सीसीएमसीका अध्यक्ष, सचिव र अन्य विज्ञहरुसँग प्रधानमन्त्रीज्यूले भोली छलफल गर्न लाग्नुभएको हो,’ थापाले खबरहबसँग भने ।

भोलि विज्ञहरुसँग कोरोनाको विषयमा छलफल गर्ने तयारी भएपनि समय भने तय नभइसकेको थापाले जानकारी दिए ।

नेपालमा लकडाउन खुले भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरुले काठमाडौं, वीरगंज, विराटनगर लगायतका केही शहरहरुमा समुदायमै कोरोना संक्रमण फैलिएको समेत बताउँदे आएका छन् ।

लकडाउन खुलेसँगै संक्रमण फैलिने जोखिम बढेको भन्दै जनस्वास्थ्य विज्ञहरुले फेरि लकडाउन गर्नुपर्ने सुझाव समेत दिन थालेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ६ : ३४ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका