भारतमा कोभिड–१९ सङ्क्रमितको संङ्ख्या १८ लाख नाघ्यो « Khabarhub

भारतमा कोभिड–१९ सङ्क्रमितको संङ्ख्या १८ लाख नाघ्यो


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको सोमबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ३ हजार ६९६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार १३५ जना पुगेको छ ।

सरकारी अधिकारीका भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये एघार लाख ८६ हजार २०३ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ७९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ८४३ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने १५ हजार ५७६ व्यक्तिको मृत्यु भइसकेको छ ।

महाराष्ट्र कुल चार लाख ४१ हजार २२८ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको थियो ।

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ९६२ सङ्क्रमित अवस्थामा रहेका छन् भने चार हजार १३२ जनाको मृत्यु भएको छ ।

राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा दश हजार ३५६ जना सङ्क्रमित अवस्थामा रहेका र चार हजार ४० जनाको मृत्यु भइसेकेको छ । दिल्लीमा एक लाख २३ हजार ३१७ व्यक्ति कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ६ : २५ बजे

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा

काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसन गार्ड काेर्प्स (आईआरजीसी)ले आइतबार बिहान

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २५

नयाँ लघुकथासङ्ग्रह शान्तिविजय औपचारिक रूपमा सार्वजनिक

काठमाडौं– साहित्यकार प्रार्थना खनालद्वारा लिखित नयाँ लघुकथासङ्ग्रह शान्तिविजय औपचारिक रूपमा सार्वजनिक