जोन्टा क्लबद्वारा घरेलु हिंसाविरुद्ध डिजिटल प्यानल सेशन आयोजना | Khabarhub Khabarhub

जोन्टा क्लबद्वारा घरेलु हिंसाविरुद्ध डिजिटल प्यानल सेशन आयोजना


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जोन्टा क्लब काठमाडौंले विशेष गरी लकडाउनपछि महिलाविरुद्ध हुने घरेलु हिंसाको बढ्दो घटनाहरुको प्रतिकृयाको रुपमा “बन्द ढोका पछाडी कोभिड—१९ को समयमा घरेलु हिंसाको सत्यता” शीर्षकमा डिजिटल प्यानल सेशनको आयोजना गरेको छ ।

यसको उद्देश्य लकडाउनको दौरान महिलाविरुद्ध हुने हिंसाको बढ्दो घटनाको समाधान खोज्ने र जागरुकता ल्याउने रहेको थियो । मुद्दामा समग्र समिक्षा प्रदान गर्ने यो पहिलो सेशन थियो ।

नेपाल सरकारले कोभिड—१९ को फैलावटलाई कम गर्न चैत १०, २०७६ बाट देशव्यापी लकडाउन लागू गरेको थियो ।

यससंगै, महिला र केटीहरु विरुद्ध हुने हिंसा विशेष गरी घरेलु हिंसाका घटनाहरु ४० प्रतिशतले वृद्धि भएका छन् ।

घरभित्र बस्नु भाइरसको जोखिमबाट बच्ने उपायको रुपमा मानिएको छ, महिलाहरु आफ्नो घरभित्र अपराधीहरुसंग फसेका छन् र उनीहरुसंग सुरक्षाको पहुँच छैन । त्यस्तै बढ्दो मानसिक स्वास्थ्यका मुद्दा र आत्महत्या पनि अत्यन्त चिन्ताको विषय हो ।

बन्दना राणा, यूएनको महिला विरुद्ध हुने सबै प्रकारको विभेद अन्मूलन महासन्धि समितिकी उपाध्यक्ष तथा यस प्यानलकी एक वक्ताले टिप्पणी गरिन् ।

“कोभिड—१९ महामारीले विश्वव्यापी रुपमा विनाश ल्याएको छ र साथै अर्को प्रकारको संकट ल्याएको छ जसलाई यूएनले “छाँया महामारी” घोषणा गरेको छ । छाँया महामारीले कोभिड—१९ को बीच बढेका घरेलु हिंसालाई जनाउँछ जसलाई प्राथमिकता र सम्बोधन गर्न आवश्यक छ ।”

जोन्टियन सीमा गोल्छा, जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्षले भनिन, “जोन्टा क्लब काठमाडौंको उद्देश्य शारीरिक र मानसिक रुपमा घरेलु हिंसाबाट पिडित महिला र केटीहरुको आवभगत गर्नु हो जो लकडाउनका कारण अपराधीहरुसंग फसेका छन् । डिजिटल प्यानल सेशनमार्फत हामी यस्ता घटनाहरुलाई मिडियामा अगाडि ल्याउँन चाहन्छौं ताकि कार्य र समाधान बाहिर आउन सकोस् ।”

यो सेशन यशोदा तिमसिना, डीसी सल्लाहकार/सम्पादक, राष्ट्रिय सूचना आयोगकी पूर्व आयुक्तले मध्यस्थ गरेकी थिइन ।

 

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १ : ५७ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको