‘आफ्नै देशमा मर्न चाहन्छु’ भन्ने बेवारिसे बेलायती नागरिकको काठमाडौंमा मृत्यु « Khabarhub

‘आफ्नै देशमा मर्न चाहन्छु’ भन्ने बेवारिसे बेलायती नागरिकको काठमाडौंमा मृत्यु


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेवारिसे अवस्थामा रहेका बेलायती नागरिक फिलिप माल्कोमको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ ।

नर्भिक अस्पतालमा उपचारको क्रममा माल्कोमको आज(शनिवार) निधन भएको हो । नर्भिक अस्पतालले माल्कोमको निधनको पुष्टि गरेको छ ।

टेकु अस्पतालबाट वीर अस्पतालमा उपचारका लागि ल्याइएका माल्कोमको अवस्थाबारे खबरहबले समाचार प्रकाशन गरेपछि केही युवाहरुले उनको थप उपचारका लागि भन्दै काठमाडौं मेडिकल कलेज लगेका थिए । त्यहाँबाट माल्कमलाई नर्भिक अस्पताल लगिएको थियो ।

२६ मार्चमा नर्भिक पुगेका माल्कोम धेरै खालको रोगबाट पीडित रहेको अस्पतालले जनाएको छ । माल्कोमकमा हेपाटाइस्टिस्ट सी देखिएको थियो र स्वास्थ्यमा सुधार आएपछि एमआइसीयुबाट वार्डमा सारिएको थियो । तर शनिवार(आज) विहान एक्कासी रक्तसञ्चार तल झरेको र स्वासप्रस्वासमा समस्या आएपछि उनको निधन भएको उपचारमा संलग्न नर्भिक अस्पतालका चिकित्सकले बताएका छन् ।

अब दुई दिन दूतावास बन्द हुने भएका कारण माल्कोमको शव अस्पतालमै रहने चिकित्सकले बताएका छन् ।

यो पनि पढ्नुहोस्

वीर अस्पतालमा मृत्युसँग लडिरहेका ‘फिलिप माल्कोम’ भन्छन् : आफ्नै देशमा मर्न चाहन्छु

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ५ : २२ बजे

एनपीएल च्याम्पियन बनेपछि पौडेलले भने- उपाधि जित्न विश्वास हुनुपर्ने रहेछ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी

निर्वाचन ८१ दिन बाँकीः राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो

काठमाडौं – प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार

२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार