दुई उडानमार्फत कतारबाट २९९ जना नेपाली स्वदेश फिर्ता « Khabarhub

दुई उडानमार्फत कतारबाट २९९ जना नेपाली स्वदेश फिर्ता



दोहा – कोरोना भाइरसको महामारी लगायतका अन्य कारणले कतारमा अप्ठ्यारोमा परेका २९९ जना नेपाली स्वदेश फर्किएका छन् ।

नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट २९९  जना नेपाली स्वदेश फर्किएका हुन् ।

दोहाबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको २३९२ उडानमा ४ महिलासहित १५० जना तथा हिमालय एयरलाइन्सको ९५६३२ उडानमा ११ महिलासहित १४९ जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रविण भट्टराईले जानकारी दिएका छन् ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाई गर्न नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई लगायत नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

अर्को उडान आजै साँझ नेपाल एयरलाइन्सले गर्नेछ । हिमालय एयरलाइन्सले भने अगष्ट ५ का लागि उडान गर्ने तय भएको  दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ९ : ५७ बजे

सीमा विवादमा बालेनलाई राजेश हमालको सुझाव : नेतृत्वमा परिपक्वता र दूरदृष्टि चाहिन्छ

काठमाडौं- अभिनेता राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा प्रायः प्रयोग हुने

क्यान्सरको औषधि आपूर्तिबारे विवरण पेश गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड संकलन

कैलाली– धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण

जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौं– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच

बीवाइडी विद्युतीय सवारी आयातबारे साइमेक्स इन्कले यसो भन्यो

काठमाडौं– नेपालमा बीवाइडी सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्कले विद्युतीय सवारी