सुशान्त आत्महत्या केश: बिहार सरकारले दियो सीबीआई जाँचको सिफारिस « Khabarhub

सुशान्त आत्महत्या केश: बिहार सरकारले दियो सीबीआई जाँचको सिफारिस


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पटना – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) लाई अनुसन्धान गर्न सिफारिस गरिएको छ । बिहारका मुख्यमन्त्री नितिश कुमारले सीबीआई जाँचका लागि केन्द्र सरकारसँग सिफारिस गरेका हुन् ।

सुशान्त सिंह राजपूतका पिताले मंगलवार मुख्यमन्त्रीलाई भेटेर सीबीआई जाँचको माग गरेका थिए ।

भारतीय सञ्चारमाध्यम आजतकसँगको कुराकानीमा नितिश कुमारले सुशान्तका पितासँग आफ्नो कुरा भएको बताएका छन् । आज साँझसम्म सबै कागज तयारी गरिने उनले बताए ।

सुशान्तका वकिलले मुम्बई प्रहरीमाथि आरोप लगाएका छन् । उनले मुम्बई प्रहरी रिया चक्रवर्तीसँग मिलेको आरोप लगाउँदै आएका छन् ।

रिया चक्रवर्ती सुशान्तकी पूर्वप्रेमिका हुन् । उनकै कारण सुशान्तले आत्महत्या गर्न बाध्य भएको परिवारले आरोप लगाएको छ । सुशान्तका पिता केके सिंहले रियाविरुद्ध बिहार प्रहरीमा उजुरी दिएका छन् ।

सुशान्त सिंह राजपूत गत १४ जुनमा मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृत अवस्थामा भेटिएका थिए । प्रहरीले उनको आत्महत्याको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १२ : १० बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया