कोरोना संक्रमण नियन्त्रणबारे विज्ञसँग प्रधानमन्त्रीको छलफल जारी | Khabarhub Khabarhub

कोरोना संक्रमण नियन्त्रणबारे विज्ञसँग प्रधानमन्त्रीको छलफल जारी


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेतालाई समेत राखेर कोरोना संक्रमणको अवस्था र जोखिमबारे स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्रीले आज विज्ञहरूलाई बालुवाटारमा बोलाएर लकडाउनपछिको कोरोना संक्रमणको अवस्थाबारे छलफल सुरु गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार छलफलमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका विज्ञहरु, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक र अन्य विज्ञहरू छलफलमा सहभागी छन् ।

छलफलमा मुख्य प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी छन् ।

गत ७ गते लकडाउन अन्त्य भएको निर्णय भसँगै कोरोना संक्रमण र संक्रमितको मृत्यु बढ्दै गएपछि प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथामको जिम्मेवारी लिएका मन्त्रालय र निकायमा मन्त्री तथा विज्ञ र जनस्वास्थ्य विज्ञहरुसँग छलफल गरेका हुन् ।

नेपालमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरुले काठमाडौं, वीरगञ्ज, विराटनगर लगायतका केही शहरहरूमा समुदायमै कोरोना संक्रमण फैलिएको समेत बताउँदे आएका छन् ।

लकडाउन खुलेसँगै संक्रमण फैलिने जोखिम बढेको भन्दै जनस्वास्थ्य विज्ञहरूले फेरि लकडाउन गर्नुपर्ने सुझाव समेत दिन थालेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १२ : ४८ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित