दुई पटक आत्महत्याको प्रयास गरेका थिए विपिनले « Khabarhub

दुई पटक आत्महत्याको प्रयास गरेका थिए विपिनले


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको देवदह नगरपालिका–७ स्थित मगर संघको भवनमा रहेको शीत्तलनगर कोरोना क्वारेन्टाइनका सुरक्षा गार्ड विपिन बस्यालले यसअघि दुई पटक आत्महत्याको प्रयास गरेको थाहा भएको छ ।

नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुडका अनुसार परिवारका सदस्यहरूले थाहा पाएर विपिनलाई आत्महत्याबाट जोगाएका थिए । क्वारेन्टिनमा सुरक्षा गार्डका रूपमा कार्यत उनको शरीरमा मंगलबार बिहान आगो लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विपिनले बिहान ४ बजे आफैँले मट्टितेल खन्याएर शरीरमा आगो लगाएका हुन् । उनको शरीरको अगाडिको भाग, अनुहार, हातखुट्टा सबै जलेको प्रहरी बुलेटिनमा उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार उनलाई देवदह मेडिकल कलेज लगेकोमा त्यहाँ उपचार हुन नसकेपछि मिसन अस्पताल, पाल्पा लैजाने क्रममा बिहान ९ बजे बाटोमा मृत्यु भएको हो । यसअघि उनले पटक–पटक विष सेवन गरेर आत्महत्याको प्रयास गरेको थाहा भएको पनि प्रहरी बुलेटिन उल्लेख गरिएको छ ।

विपिन क्वारेन्टिन स्थलमा बिहान शरीर जलेको अवस्थामा भेटिएका थिए । बाटोमा उनले आफैँले शरीरमा मट्टितेल खन्याएर आगो लगाएको बताएको उपप्रमुख गुरुङले जानकारी दिइन् । विपिनलाई अस्पताल लैजाने क्रममा आफू र मेयर हीराबहादुर केसी सँगै रहेको पनि गुरुङले बताइन् ।

देवदह–५, मितेरी टोलका बासिन्दा विपिन २४ वर्षका थिए । उनी देवदह नगरपालिकाका स्वास्थ्य सहसंयोजक रामप्रसाद बस्यालका छोरा हुन् । विपिन विवाहित थिए । उनका एक सन्तान पनि छन् ।

बेरोजगार अवस्थाका विपिनलाई नगरपालिकाले शीत्तलनगर कोरोना क्वारेन्टिनमा सुरक्षा गार्डको काम दिएको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विपिनले किन यसरी आत्मदाहको निर्णय गरे भन्ने प्रष्ट भइसकेको छैन । उनको पोष्टमर्टम लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा भएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ३ : ३४ बजे

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।