आज एकैदिन काठमाडौंमा थपिए ६२ कोरोना संक्रमित « Khabarhub

आज एकैदिन काठमाडौंमा थपिए ६२ कोरोना संक्रमित


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा मंगलबार ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जना संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए ।

उनका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका ४८ जना, भक्तपुरका १३ जना र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका ११ जना, काठमाडौंका ३८ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजनामा कोरोना देखिएको छ ।  स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका एकजनामा कोरोना पुष्टि भएको भन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी बीआइडिएच ल्याब काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा  भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै आजमात्रै काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो उपत्यकामा ५१ जना संक्रमित थपिएका थिए। त्यसैगरी आइतबार ३१ जना संक्रमित थपिएका थिए।

नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार २६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ४ : ४० बजे

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

रसुवा – एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : सुजाता कोइराला

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल