सर्लाहीमा बुधबारदेखि एक सातासम्मका लागि निषेधाज्ञा « Khabarhub

सर्लाहीमा बुधबारदेखि एक सातासम्मका लागि निषेधाज्ञा


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- कोरोना संक्रमितको संख्या बढेसँगै प्रदेश नम्बर-२ को सर्लाहीमा बुधबारदेखि निषेधाज्ञा जारी गरिने भएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम गर्न तथा जनस्वास्थ्यलाई असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले निषेधाज्ञा गर्न सिफारिश गरेका हुन्।

सोही बमोजिम जिल्ला प्रशासन कार्यालय सर्लाहीले हाललाई २१ देखि २७ साउनसम्म ७ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

बुधवार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू हुने सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। सर्लाही जिल्लाभर लागू गरिएको निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्यवस्तु खरिद, पेट्रोलियम पदार्थ खरिदजस्ता अत्यावश्यक कामका बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन नपाउने बताइएको छ।

अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोकेका गाडी, दमकल, दूध तथा खाद्य वस्तु बोक्ने सवारी साधन, शव वाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी (मोटरसाइकलसमेत) माथि रोक लगाइएको छ।

निषेधाज्ञाको अवधिभर कुनै पनि भेला, आमसभा, सभा–सम्मेलन, भोजभतेरमा रोक लगाउनुका साथै हाट बजार तथा मेलामाथि पनि रोक लगाइएको छ।

अत्यावश्यक उपभोग्य सामग्रीहरू बिक्री गर्ने स्थायी प्रकृतिका पसलहरू, पेट्रोल पम्पहरू, ग्याँस डिपोहरु, औषधि पसलहरू भने निषेधाज्ञाको समयमा पनि सञ्चालनमा रहने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ७ : १३ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि