इटहरीमा आजदेखि ५ दिन लकडाउन « Khabarhub

इटहरीमा आजदेखि ५ दिन लकडाउन


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- कोरोना संक्रमित बढेपछि इटहरी उपमहानगरपालिका आजदेखि पाँच दिनका लागि लकडाउन लागू गरेको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नगर क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको हो।

केही दिनअघि उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि इटहरीमा थप शंकास्पद व्यक्तिहरूको स्वाब नमूना संकलन गरिएको थियो।

तीमध्ये मंगलबार थप चार जना संक्रमित थपिएका छन्।

जनप्रतिनिधि, सरोकारवाला निकाय, प्रहरी-प्रशासनसहितको बैठकले २५ साउनसम्म लकडाउन गरी दूध बोक्ने गाडी र औषधि पसलबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन्।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ८ : १९ बजे

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका