मेरियट होटेल काठमाडौं विश्वकै उत्कृष्ट होटलमा छनोट « Khabarhub

मेरियट होटेल काठमाडौं विश्वकै उत्कृष्ट होटलमा छनोट


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चेन होटल मेरियट काठमाडौं विश्वकै उत्कृष्ट होटलमा छानिएको छ ।

विश्वभर रहेका पर्यटकीय गन्तव्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरले सन् २०२० को ‘ट्राभलरर्स च्वाइस अवार्ड’ नेपालबाट मेरियट काठमाडौंलाई प्रदान गरेको हो ।

ट्रिप एडभाईजरले लाखौं पर्यटकहरुले गरेको समिक्षा, रेटिङ, सुरक्षाजस्ता विषयलाई आधार बनाएर उत्कृष्ट होटल छनौट गर्दै आएको छ ।

सोही अनुरुप नेपालको एमएस ग्रूपद्वारा संचालित चेन होटल मेरियट काठमाडौं ‘ट्राभलरर्स च्वाइस २०२०’ विजेता बनेको हो । सन् २०१९ को अप्रिलबाट संचालनमा आएको सो होटलले छोटो अवधिमै यस अघि ५ वटा अवार्ड पाइसकेको छ ।

पछिल्लो समय संचालनमा आएको पाँच तारे होटलले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरेको भन्दै विभिन्न संस्थाबाट अवार्ड पाएको थियो । ट्रिप एडभाईजरले विश्वको होटलमध्ये २०२० मा उत्कृष्ट १० प्रतिशत होटलमा पर्न सफल भएको भन्दै उक्त अवार्डबाट सम्मानित गरेको हो ।

विश्वभर रहेका पर्यटकीय गन्तब्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरमा हाल १४ लाखभन्दा बढी होटलहर आवद्ध रहेका छन् । जसमध्ये नेपालबाट होटल मेरियट काठमाडौंलाई छनौट गरेको हो । एमएस ग्रूपले बनाएको उक्त होटलमा २१४ कोठा रहेका छन् ।

होटलमा १९३ डिलक्स रुम, २० स्वीट छन् । मेरियट इन्टरनेशनलको क्लासिक लक्जरी सेगमेन्टको उक्त होटलको व्यवस्थापन भने मेरियटले हेर्दै आएको छ । कुल १३ रोपनी क्षेत्रफलमा फैलिएको सो होटल १३ तलाको रहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : ११ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल