९ महिने बालकको मुटुको शल्यक्रिया गर्न लायन्स क्लबको सहयोग « Khabarhub

९ महिने बालकको मुटुको शल्यक्रिया गर्न लायन्स क्लबको सहयोग


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोकर्णेश्वर नगरपालिका १ बाराहीचोकका ९ महिने बालकको मुटुको शल्यक्रिया गर्न आर्थिक सहयोग प्रदान गरिएको छ ।

‘लायन्स क्लब अफ सुन्दरीजल र ‘गरिब तथा अनाथ बालबालिकाका लागि सहयोगी हातहरू’ दुई सामाजिक संस्थाले साढे २४ हजार रुपैयाँ आर्थिक सहयोग वितरण गरेका हुन् ।

मुटुको समस्या देखिएका तामाङको शल्यक्रिया गर्न आर्थिक अभाव भएपछि परिवारले सहयोग आह्वान गरेको थियो ।

नाबालक अवस्थामै मुटुमा समस्या देखिएपछि बालकको उपचार गर्न सहयोग होस भन्ने उद्देश्यले २४ हजार ५०५ रुपैयाँ सहयोग गरिएको लायन्स क्लब अफ सुन्दरीजलका अध्यक्ष श्याम श्रेष्ठले बताए ।

एक व्यक्ति वा संस्थाको सानो सहयोग पीडित बालकको उपचार गर्न ठूलो राहत हुने गरिब तथा अनाथ बालबालिकाका लागि सहयोगी हातहरु संस्थाका अध्यक्ष उमेश पण्डितले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १ : ०८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु