९ महिने बालकको मुटुको शल्यक्रिया गर्न लायन्स क्लबको सहयोग « Khabarhub

९ महिने बालकको मुटुको शल्यक्रिया गर्न लायन्स क्लबको सहयोग


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोकर्णेश्वर नगरपालिका १ बाराहीचोकका ९ महिने बालकको मुटुको शल्यक्रिया गर्न आर्थिक सहयोग प्रदान गरिएको छ ।

‘लायन्स क्लब अफ सुन्दरीजल र ‘गरिब तथा अनाथ बालबालिकाका लागि सहयोगी हातहरू’ दुई सामाजिक संस्थाले साढे २४ हजार रुपैयाँ आर्थिक सहयोग वितरण गरेका हुन् ।

मुटुको समस्या देखिएका तामाङको शल्यक्रिया गर्न आर्थिक अभाव भएपछि परिवारले सहयोग आह्वान गरेको थियो ।

नाबालक अवस्थामै मुटुमा समस्या देखिएपछि बालकको उपचार गर्न सहयोग होस भन्ने उद्देश्यले २४ हजार ५०५ रुपैयाँ सहयोग गरिएको लायन्स क्लब अफ सुन्दरीजलका अध्यक्ष श्याम श्रेष्ठले बताए ।

एक व्यक्ति वा संस्थाको सानो सहयोग पीडित बालकको उपचार गर्न ठूलो राहत हुने गरिब तथा अनाथ बालबालिकाका लागि सहयोगी हातहरु संस्थाका अध्यक्ष उमेश पण्डितले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १ : ०८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल