सुनको भाउ एक लाख नाघेपछि व्यापारीहरू निराश « Khabarhub

सुनको भाउ एक लाख नाघेपछि व्यापारीहरू निराश



काठमाडौं । नेपाली बजारमा दैनिक रेकर्ड बनाउँदै सुनको भाउ प्रतितोला लाख रुपैयाँ नाघेको छ । भाउ आकासिएपछि राजधानी काठमाडौंका व्यापारीहरू निराश हुन थालेका छन् ।

बुधबार १ हजार ६ सय रुपैयाँ बडेर १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ । मंगलबार ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । लगातार बढ्दो मूल्यका कारण सुनबजार सुनसान देखिएको छ । अबको सुनको व्यापार कस्तो होला त ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य भन्छन्, ‘गत वर्षहरूमा चाडपर्वको समयमा सुनको व्यापार बढ्ने गथ्र्यो तर यसवर्ष चाडपर्व नजिकिँदै छ, सुनको मुल्य एक लाख नाघिसक्यो, कारोबारको अवस्था शुन्य छ ।’
तीज मात्र नभई दशैँ–तिहारमा पनि सुनको कारोबार नहुने स्थिति देखिएको उनले बताए ।

कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि देश लकडाउन भएको साढे २ महिनापछि अर्थात् जेठ २५ गतेबाट सुन बजार खुले पनि चलायमान हुन सेकेको छैन । ‘व्यापार नभएपछि भाडा तिर्न त्यतिकै मुश्किल पर्ने भइगयो,’ शाक्यले खबरहबसँग भने, ‘अहिले न्युरोडतिरका सुन व्यवसायीहरुले बिस्तारै सटर छोड्न थालेका छन्, कतिपयले बिक्रीमा राखेका छन् ।’

नेपाली बजारमा सिजनमा दैनिक ३० किलोसम्म र सामान्य दिनमा दैनिक १० किलोसम्म सुन बिक्री हुने गरेको थियो । अहिले मूल्य अत्यधिक बढेकाले व्यापार शून्य रहेको महासंघले जनाएको छ ।

यस कारण बढ्यो सुनको मूल्य

महासंघका अनुसार सुनको मूल्यले हरेक दिन नयाँ रेर्कड बनाउनुको मुख्य कारण कोरोना भाइरस संक्रमण नै हो ।

अन्तर्राष्ट्रिय स्तरमै आर्थिक क्षेत्र कोभिड–१९ बाट प्रभावित बनेको र सुरक्षित लगानीका निमित्त लगानीकर्ताहरू सुनतिर आकर्षित भएकाले सुनको मूल्य आकासिएको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा सन् २०२० को डिसेम्बरसम्म प्रति औँस १८ सय डलर पुग्ने अनुमान थियो ।

जुलाईमै १९ सय ६७ डलर पुगिसकेको छ । सुनको मुल्य अझै बढ्ने देखिन्छ ।

डलरको भाउ बढ्नुमा चीन र अमेरिकाबीचको ‘व्यापार युद्ध’ पनि एउटा कारण हो । आर्थिक मन्दीका कारण धेरै मुलुकका बचतकर्ताले शेयर र सुनमा लगानी गर्न थालेको समेत शाक्यको बुझाइ छ ।

त्यस्तै, यस वर्ष कोरोनाका कारण सुन उत्पादनमा पनि कमी आएको उनले बताए । कोभिड–१९ को प्रभाव विश्वव्यापी भएकाले उद्योगधन्दाहरू बन्द भएको र कामदारको अभाव लगायतका कारणले पनि उत्पादन घटेको उनले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  २ : ०३ बजे

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा