महोत्तरीमा आज १४ जनामा कोरोना संक्रमण, निषेधाज्ञा २५ गतेसम्म थपियो | Khabarhub Khabarhub

महोत्तरीमा आज १४ जनामा कोरोना संक्रमण, निषेधाज्ञा २५ गतेसम्म थपियो


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्लाको भंगहाका ११ जना ,जलेश्वरका १ जना, बर्दिबासका १ र एकडाराका १ जना गरी १४ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गिरेन्द्रकुमार झाले जानकारी दिए ।

योसँगै महोत्तरीमा कुल संक्रमितको संख्या ९३०  पुगेको छ । यसअघि हिजो १४ जना सेना र एक सशस्त्र प्रहरी सहित १५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो।

जलेश्वर नगरपालिका र महोत्तरी जिल्लामै कोरोना संक्रमणको जोखिम बढेपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

सीमामा चोरबाटो भएर मानिसको आवतजावत हुनु र जिल्लाभित्रै सञ्चालनमा रहेको क्वारेन्टाइनहरू व्यवस्थित हुन नसक्नुले कोरोनाको जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् ।

बर्दिबास उद्योग वाणिज्य संघले पनि कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आफ्ना मातहतका सम्पूर्ण व्यवसायीहरुलाई सचेत रहन आग्रह गरेको छ । उद्योग वाणिज्य संघले सचेतनामूलक जानकारीसहित माइकिङ गरी आमजनसमुदाययमा सचेत गराएको होटल व्यवसायी संघ महोत्तरीले जनाएको छ ।

यसैबीच गत साउन १५ गतेदेखि जारी निषेधाज्ञा साउन २५ गतेसम्मका लागि थपिएको छ ।

जिल्ला प्रशासन कार्यालयले  आज एक सूचना जारी गर्दै जिल्लामा कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि निषेधाज्ञाको समय साउन २५ गतेसम्मका लागि थप गरिएको जानकारी दिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ५ : ४७ बजे

सिटौलाको ‘धर्तीको ध्वनि’ लाई अनेसासको सर्वोत्कृष्ट पुरस्कार

काठमाडौं– अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले यस वर्षको ‘अनेसास लक्ष्मण

शिवश्री हाइड्रो र सिटी होलटको हकप्रद निष्कासन हुने 

काठमाडौं– शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटल लिमिटेडको हकप्रद शेयर

प्रेम विवाह गर्ने जोडीको सार्वजनिक ह*त्या

काठमाडौं– पाकिस्तानको दक्षिण–पश्चिम प्रान्त बलुचिस्तानमा प्रेम विवाह गरेका एक जोडीलाई

किशोरी डिम्ब कारोबार घटनाबारे छानबिन गर्न समिति गठन 

काठमाडौं– नि:सन्तान उपचारका केन्द्रका नाममा खुलेका दुई आईभीएफ सेन्टरमाथि छानबिन

कर्मचारी सञ्चय कोषको योगदानमा आधारित निवृत्तभरण कोषमा करिब चार हजार बढी कार्यालय आबद्ध

काठमाडौं– कर्मचारी सञ्चय कोषबाट संचालित योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्ध