चिनियाँ एप प्रतिबन्ध भएपछि १७ वर्षीय भारतीय किशोरले बनाए फाईल सेयरिंग एप « Khabarhub

चिनियाँ एप प्रतिबन्ध भएपछि १७ वर्षीय भारतीय किशोरले बनाए फाईल सेयरिंग एप


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चिनियाँ एपहरूमा प्रतिबन्ध लगाइएपछि भारतमा एक १७ वर्षीय किशोरले फाईल सेयरिंग एप बनाएका छन् ।

जम्मू कश्मीरको राजौरी जिल्लाको चट्टेयरका १७ वर्षीय अशफाक मेहमूद चौधरीले फाईल सेयरिंग एप ‘डोडो ड्रप’ बनाएको भारतीय समाचार संस्था एएनआइले जनाएको छ । उक्त एपमार्फत प्रयोगकर्ताहरूले अडियो, भिडियो, फोटो तथा टेक्स्ट फाइल इन्टरनेट बिना पनि शेयर गर्न सक्नेछन् ।

अशफाक मेहमूदका अनुसार ‘डोडो ड्रप’ चिनियाँ एप ‘SHAREit’ को विकल्प हो । ‘प्रतिबन्धको कारण प्रयोगकर्ताहरूले फाईल शेयरिङगमा समस्या झेल्नुपरेको थियो, त्यसैले मैले यो फाईल-साझेदारी एप बनाउने निर्णय गरें,’ उनले भने,’ डोडो ड्रपबाट प्रयोगकर्ताहरूले अडियोहरू, भिडियोहरू, फोटोहरू र टेक्स्ट्हरू पनि साझा गर्न सकिनेछ ।’

चार हप्ता लगाएर बनाइएको ‘डोडो ड्रप’ को ८० एमबीपीएसको ट्रान्सफर रेट छ जुन SHAREit भन्दा छिटो छ र प्रयोग गर्नका लागि धेरै सहज छ।

भारत सरकारले गोपनियता उल्लंघनको कारण देखाउँदै गत जुनमा टीकटक, सेयरइट जस्ता ५९ वटा चिनियाँ एपहरूमा प्रतिबन्ध लगाएको थियो भने जुलाईमा ४७ वटा एपमा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  २ : ३१ बजे

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा