चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु | Khabarhub Khabarhub

चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । बालकको शव घरभन्दा केही पर भेटिएको थियो ।

जिल्लामा पछिल्लो समय बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन् । गत असार १७ गते राति आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया अमिषा थापा घाइते भएकी थिइन् । विसं २०७४ फागुन यता चितुवाको आक्रमणबाट दश बालबालिकाले ज्यान गुमाएका छन् ।

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ७ : ३८ बजे

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की

काठमाडौं- सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले

जम्मा ११० जनाले हेरे दिलीपको फिल्म ‘हेल्लो काँशीराम’

काठमाडौं – नायक दिलीप रायमाझी अभिनित फिल्म ‘हेल्लो काँशीराम’ बक्स

कर्णाली प्रदेशसभाको बैठक स्थगन

कर्णाली– प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अवरोध गरेपछि