बाढीले बेँसीशहर–चामे सडक बगायो | Khabarhub Khabarhub

बाढीले बेँसीशहर–चामे सडक बगायो


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक बाढीले बगाएको छ।

बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले आज बिहान लमजुङ–मनाङ जोड्ने सो सडकखण्डअन्तर्गत लमजुङस्थित मस्र्याङ्दी गाउँपालिका–४ मा रामबजार खोलाले सडक बगाएको हो ।

सो खोलामा आएको बाढीले करिब १५/२० मिटर नै सडक बगाएको डुम्रे–बेँसीशहर चामे सडक योजना कार्यालयका सवइन्जिनियर सुमन अधिकारीले बताए ।

त्यस्तै उक्त सडकखण्डअन्तर्गत नै सो गाउँपालिकाको घोप्टेभीरको भाप्राखोलामाथि राखिएको ह्युमपाइप बगाएको छ । उनका अनुसार गत वर्ष सवारी सञ्चालनका लागि राखिएका छ वटै ह्युमपाइप बाढीले बगाएको छ ।

बेँसीशहर चामे सडक ६५ किलोमिटरको छ । यस वर्षसमेत सो सडकका विभिन्न स्थानमा दर्जनौँ पटकपटक पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । विगतका वर्षसमेत वर्षायाममा वर्षेनी सडक अवरुद्ध बनाएको थियो । सडकका विभिन्न स्थानमा सानासाना पहिराले सडक साघुँरो र हिलाम्मे हुँदा यात्रा जोखिमपूर्ण बनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १ : ०५ बजे

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ

नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको