प्रचण्डको सुरक्षामा खटिने ६ सुरक्षाकर्मी कोरोना संक्रमित | Khabarhub Khabarhub

प्रचण्डको सुरक्षामा खटिने ६ सुरक्षाकर्मी कोरोना संक्रमित


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिने ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

बिहीबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनीहरूमा कोरोना संक्रमण देखिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको हो । स्कर्टिङ गर्ने सुरक्षाकर्मीको रिपोर्ट भने नेगेटिभ देखिएको छ ।

सुरक्षाकर्मीमा कोरोना संक्रमण दर तीव्र देखिएपछि प्रचण्ड निवासका सुरक्षाकर्मीहरूको कोरोना जाँच गरिएको थियो।

यसअघि सभामुख अग्नि सापकोटाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १ : ३१ बजे

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ

नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको