कतार च्यारिटीद्वारा ९५ लाख बराबरको खाद्यन सहयोग | Khabarhub Khabarhub

कतार च्यारिटीद्वारा ९५ लाख बराबरको खाद्यन सहयोग



दोहा : कोरोना महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकलाई कतारको सरकारी संस्था कतार च्यारिटीले दोस्रो चरणमा ९५ लाख बराबरको राहत दिएको छ ।

कतार सरकारको आन्तरिक मन्त्रालय र प्रतिष्ठित च्यारिटी संस्था कतार च्यारिटी मार्फत दोस्रो चरणको राहत प्याकेज प्राप्त भएको एनआरनए कतारले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।

अलमीरा कन्जुमर मार्फत खरीद तथा प्याकिंङ्ग गरिएको फुड किटको मूल्य एक प्याकेट बराबर करीव १३६ रियाल बराबरको रहेको र २२५० वटा कुल राहत प्याकेज प्राप्त भएको एनआरएनए कतारका प्रबक्ता सन्तोष क्षेत्रीले जानकारी दिए ।

प्रवक्ता क्षेत्रीका अनुसार प्राप्त भएको राहत कुपन आवश्यकता अनुसार कोरोनाबाट पीडित तथा खानको लागि समस्या भएको नेपाली श्रमिकलाई वितरण गरिने बताएका छन् ।

गैरआवासीय नेपाली संघ कतारको समन्वयमा कतारको गृह मन्त्रालयद्वारा कतार च्यारिटिमार्फत नेपाली दूतावासको समेत सहकार्यमा गैह्रआवासीय नेपाली संघ कतारद्वारा ५,९१७ थान राहत स्वरुप खाद्यसामग्री वितरण गरिसकिएको जनाएको छ ।

यसघि पनि कोरोनाको कारण समस्यामा परेका नेपाली श्रमिकहरुका लागि कतार च्यारिटीले डेढ करोड रुपैयाँ बराबरको खाधान्न दिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  २ : १४ बजे

प्रधानमन्त्री नपाएपछि हर्कले अस्वीकार गरे खानेपानी र श्रम मन्त्री

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला