२४ घण्टामा २३३ जना कोरोना संक्रमणमुक्त « Khabarhub

२४ घण्टामा २३३ जना कोरोना संक्रमणमुक्त


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार ३८९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

बुधबारसम्म १५ हजार १५६ जनाले कोरोना जितेका थिए ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या  ६५ पुगेको छ ।

काठमाडौंमा कोरोनाको संक्रमण बढेको हुँदा बैठक, गोष्ठि बन्द गर्न मन्त्रालयले अपिल गरेको छ । सीमा क्षेत्रमा पनि संक्रमण दर उच्च रहेको हुँदा सावधानी अपनाउन अनुरोध गरेको छ ।

स्बास संकलन गरिसकेपछि अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । जनस्वास्थ्यमा मापदण्ड पूरा गर्न पनि सुझाएको छ ।

अस्पतालहरुले कर्मचारीलाई सिफ्टमा काम गर्ने वातावरण मिलाउन समेत सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ४ : २३ बजे

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका