२४ घण्टामा २३३ जना कोरोना संक्रमणमुक्त « Khabarhub

२४ घण्टामा २३३ जना कोरोना संक्रमणमुक्त


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार ३८९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

बुधबारसम्म १५ हजार १५६ जनाले कोरोना जितेका थिए ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या  ६५ पुगेको छ ।

काठमाडौंमा कोरोनाको संक्रमण बढेको हुँदा बैठक, गोष्ठि बन्द गर्न मन्त्रालयले अपिल गरेको छ । सीमा क्षेत्रमा पनि संक्रमण दर उच्च रहेको हुँदा सावधानी अपनाउन अनुरोध गरेको छ ।

स्बास संकलन गरिसकेपछि अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । जनस्वास्थ्यमा मापदण्ड पूरा गर्न पनि सुझाएको छ ।

अस्पतालहरुले कर्मचारीलाई सिफ्टमा काम गर्ने वातावरण मिलाउन समेत सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ४ : २३ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल