जोर-बिजोर प्रणाली उल्लंघन गर्ने ७३६ सवारीलाई कारबाही « Khabarhub

जोर-बिजोर प्रणाली उल्लंघन गर्ने ७३६ सवारीलाई कारबाही


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आजदेखि लागू गरेको जोरबिजोर प्रणालीको उल्लंघन गर्ने ७३६ सवारी साधन कारबाहीमा परेका छन् ।

आज २२ गते जोर नम्बरको सवारी साधन चल्नु पर्नेमा बिजोर सवारी साधन चलाएको पाईएपछि १३२ सवारी साधनलाई होल्ड गरी कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीले जनाएको छ । ती सवारीलाई कलंकी मै होल्ड गरी राखिएको थियो ।

महानगरीय प्रहरी प्रभाग कंलकी प्रमुख पुरूषोत्तम कार्कीले बिहान ५ बजे देखि ११ बजेसम्म सम्झाईबुझाई गरी छाडेको र एक बजेबाट होल्ड गर्न सुरू गरिएको बताए । महानगरीय ट्राफिक वृत्त महाराजगन्जका प्रहरी निरीक्षक केशवराज भट्टका अनुसार ६ बजेसम्म ८५ सवारीसवारी साधन होल्ड गरिएको जसमध्ये ४ पाङग्रे ८ वटा छन् ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालका अनुसार उपत्यकामा ६ वजेर ३० मिनेट सम्म ७ सय ३६ वटा सवारीसाधन होल्ड गरिएको थियो ।

सरकारले लकडाउन अन्त्य गरेपनि कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि गृह मन्त्रालयले यो कदम चालेको थियो । यससँगै अब जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर नम्बरका गाडी चल्ने नियम छ ।

यो निर्णय काठमाडौं उपत्यका र कोरोना संक्रमितको संख्या २ सय पुगेका जिल्लामा लागू हुनेछ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ८ : २० बजे

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले