वीरगंजमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

वीरगंजमा थप एक कोरोना संक्रमितको मृत्यु


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- वीरगंजमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले गण्डक कोभिड अस्पतालमा मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएका हुन् ।

डा उपाध्यायका अनुसार ती पुरुष तीन दिन अघि अस्पतालमा भर्ना भएका थिए । उनको हिजो स्वाब संकलन गरिएको थियो ।

ती पुरुषको आज बिहान मृत्यु भएको र बेलुका रिपोर्ट पोजेटिभ आएको डा उपाध्यायले बताए ।

“कोरोनाको लक्षण भएर तीन दिन अघि गण्डक कोभिड अस्पतालमा भर्ना हुनुभएको थियो,” डा उपाध्यायले भने, ” हिजो स्वाब संकलन गरेका थियौं, आज बिहान उहाँको मृत्यु भयो, अहिले रिपोर्ट पनि पोजेटिभ आयो ।”

उनको कोरोनाले मृत्यु भएको पुष्टिसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने उनको कोरोनाले मृत्यु भएको पुष्टि गर्न बाँकी रहेको छ ।

विहीबारमा पाँच जनाको कोरोनाले मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ८ : ३२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका