सिन्धुपाल्चोककी एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

सिन्धुपाल्चोककी एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका- ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

बिहान ८ बजे स्थानीय स्वास्थ्य चौकीमा भर्ना गरिएकी ३४ वर्षीया पासाङ लामालाई सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए ।

शिशुको टाउको ठूलो रहेको र मुटुको धड्कन सामान्य नरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिए ।

अविरल वर्षाले सडकमा पनि क्षति पुर्‍याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ९ : ०७ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल