भारतमा २४ घण्टामा थपिए सर्वाधिक ६२ हजारभन्दा बढी कोरोना संक्रमित « Khabarhub

भारतमा २४ घण्टामा थपिए सर्वाधिक ६२ हजारभन्दा बढी कोरोना संक्रमित


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार यो समाचार तयार पार्दासम्म भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २० लाख २५ हजार ४०९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १३ लाख ७७ हजार ३८४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६ हजार ३८७ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८९९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४१ हजार ६३८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ५ : ४३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका