विभिन्न ११ जिल्लामा रातिदेखि लगातार वर्षा, सतर्क रहन आह्वान | Khabarhub Khabarhub

विभिन्न ११ जिल्लामा रातिदेखि लगातार वर्षा, सतर्क रहन आह्वान


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मनसुनी वायु सक्रिय भएसँगै मुलुकका विभिन्न ५ प्रदेशमा अहिले वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले अहिले  प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

प्रदेश १ र २ का विभिन्न ११ जिल्लामा भने राति ३ बजेदेखि लगातार मध्यमस्तरको वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागको बाढी सूचना केन्द्रले बिहान ६ बजे जारी गरेको सूचनाअनुसार श्रावण २२ बिहान ६ बजे पछिल्लो ३ घण्टामा सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी र आसपास हल्का देखि मध्यम बर्षा भइरहेको छ ।

त्यस्तै धनकुटा, उदयपुर, भोजपुर, खोटाङ, ओखलढुङगा, सिन्धुली र आसपास पनि  मध्यम बर्षा भईरहेकाले ती क्षेत्र आसपास भइ बहने स-साना नदीमा पनि आकस्मिक बहाव हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउँन आह्वान गरेको छ ।

विभागका अनुसार आज दिउँसो पनि देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार दिउँसोबाट भने बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई  स्थानहरुमा भारी वर्षाको पूर्वानुमान गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : ४३ बजे

यातायात व्यवस्था विभागको सर्भर शनिबार बिहानदेखि मात्रै चल्ने 

काठमाडौं– यातायात व्यवस्था विभागको आंशिक सर्भर शनिबार बिहानबाट मात्रै पुनः

महाकाली प्रादेशिक अस्पताल : विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी- महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको

महाधिवेशनको सर्वसम्मत कार्यतालिका सार्वजनिक गर्न मुख्यमन्त्री बानियाँको माग

भक्तपुर– नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री

विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्तिलाई