कोरोनासँग मिल्दो लक्षण भएका बिरामीको मृत्यु « Khabarhub

कोरोनासँग मिल्दो लक्षण भएका बिरामीको मृत्यु


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- कोरोना भाइरससँग मिल्दो लक्षण भएका एक बिरामीको मृत्यु भएको छ । उनी कोशी अस्पतालमा उपचाररत थिए ।

अस्पतालका अनुसार विराटनगर ९ बाट ज्वरो र श्‍वासप्रश्‍वाससम्बन्धी समस्या भई ल्याइएका व्यक्तिको शुक्रबार बिहान मृत्यु भएको हो ।

परिवारले अस्पताललाई दिएको जानकारी अनुसार ५८ वर्षीय पुरुषमा एक सातादेखि हलुका ज्वरोको लक्षण थियो । तर, बिहान एक्कासि श्‍वास फेर्न कठिन भएपछि कोशी अस्पताल लगिएको थियो ।

कोशी अस्पताल आइसोलेसनका इन्‍चार्ज डा. लक्ष्मीनारायण यादवका अनुसार अस्पताल ल्याई पुग्दा उनको मृत्यु भइसकेको थियो ।

कोरोनासँग मिले लक्षणहरु देखिएकाले स्वाब संकलन गरेर परीक्षण गर्न पठाएको उनले बताए ।

कोशी अस्पतालको आइसोलेसनमा दुई दिनअघि पनि दुई पुरुषको मृत्यु भएको थियो । उनीहरुमा पछि कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : ४४ बजे

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी