म कुनै गुटमा छैन : उपाध्यक्ष गौतम « Khabarhub

म कुनै गुटमा छैन : उपाध्यक्ष गौतम


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नरहेको स्पष्ट पारेका छन्।

शुक्रबार उपाध्यक्ष गौतमले एक प्रेस नोट जारी गर्दै आफूले राखेको ६ बुँदे प्रस्ताव त्यसकै उदाहरण रहेको समेत बताएका छन्। उनले पार्टीभित्र तीन विचारधारा निर्माण भएको र आफू कतै पनि नलागेको बताएका हुन् ।

“अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसग्दा तीनवटा विचार समूह बनेका छन् । यी समूहसँग केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल जोडिनु भएको छ । म समूहगत रूपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्‍न ।”

उनले ओली र प्रचण्डले भेट्न बोलाउँदा जाने गरेको तथा सल्लाह–सुझाव र राय दिने गरेको जनाएका छन् । आफ्नो ६ बुँदे प्रस्तावलाई मध्यमार्गी धाराका रूपमा व्याख्या समेत गरेका छन् ।

‘पार्टी अध्यक्ष’ भनेको केबल व्यक्तिमात्र नभई पार्टीभित्रको सर्वस्वीकार्य संस्था रहेको भन्दै उनले त्यसैकारण पार्टी अध्यक्षहरू दुवै वा एक्लैले बोलाउँदा भेट्ने गरेको उल्लेख गरेका छन्।

यसैबीच, नेता गौतमले सुशील भट्टराईलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय आफ्नो सुझाव–सिफारिसमा नभएको समेत स्पष्ट पारेका छन् ।

“सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकारभन्दा बाहिरको विषय हो,” उनले भनेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ६ : ४७ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै