आप्रवासी कामदारको आइडी नविकरणमा जरिवाना नलिने कतारको निर्णय « Khabarhub

आप्रवासी कामदारको आइडी नविकरणमा जरिवाना नलिने कतारको निर्णय



दोहा – कतारले कोरनाको कारण भिसा अबधि सकिएको तथा बिदा गएको ६ महिनाभित्र फर्किन नसकेकाहरुले आइडी नविकरणबापत तिर्नुपर्ने अतिरिक्त शुल्क नलिने भएको छ ।

कोभिड-१९को कारणले कतारबाहिर फसेका कतारी अकामा (आइडी) बाहक आप्रवासी नागरिकहरुले समयमै नविकरण नगर्दा तिर्नुपर्ने अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको कतारको आन्तरिक मन्त्रालयले बताएको छ।

कतार सरकारको यो निर्णयसंगै कतारबाट बिदामा नेपाल गएका तथा कोरोनाको कारण कतार फर्किन नसकेका हजारौँ नेपाली श्रमिकलाई राहत पुग्ने भएको छ ।

कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये ८० प्रतिशत हाराहारी नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएका छन् ।

तर, कोरोना भाइरसको महामारीपछि कयौँ नेपाली बिदामा गएको बताइन्छ । कतारमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमितको संख्या १ लाख १२ हजार ३८३  पुगेको छ ।

निको भएर घर फर्किनेको सङ्ख्या १ लाख ९ हजार १४२ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १८० जना पुगेको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने  दूतावाससंग पनि तथ्याङ्क छैन ।

संक्रमणको दर घट्दै गएको खण्डमा कतारले चौथो चरण अर्थात्  सेप्टेम्बरदेखि सबै प्रतिबन्ध हटाउने जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : ५५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल