डरलाग्दो गाउँ, जहाँ बेडरूम, किचन र बाथरुम विशालु सर्प भेटिन्छ « Khabarhub

डरलाग्दो गाउँ, जहाँ बेडरूम, किचन र बाथरुम विशालु सर्प भेटिन्छ


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको मध्यप्रदेशस्थित एक गाउँमा यति धेरै सर्प पाइन्छ कि जसका कारण गाउँको नाम नै नागचुन रहन गयो ।

नागचुन गाँउको सबैभन्दा रोचक कुरा त के छ भने यस गाउँको बाटो, खेत वा घर आसपासमा मात्र होइन घरभित्र बेडरूम, किचन र दराजमा समेत विशालु सर्प भेटिन्छ ।

हो, यस गाउँमा घरभित्र किचन, बेडरूम, बाथरूम वा आगन यत्रतत्र सर्प भेटिन्छ । नागचुनको हवाईपट्टिको सामुन्नेमा रहेको सयौं एकड जग्गामा विशालु सर्प भेटिन्छ ।

यस गाउँमा ६/७ पिढि देखि बस्दै आएका स्थानीयका अनुसार गाउँमा अत्यधिक सर्प भेटिन थालेपछि कुनै पनि शुभकार्य गर्दा शुरुवातमा नाग देवताको पूजा गरिन थालियो । पछि मन्दिर बनाएर हरेक महिनाको पञ्चमीमा नाग देवताको पूजा हुदै आएको छ ।

यसरी गाउँमा जताततै विशालु सर्प भेटिनुको कारण बारे जन्तु विज्ञानका भारतीय विशेषज्ञ राजेश सिंहका अनुसार नागचुन गाउँ भौगोलिकस्थित अनुसार सर्पका लागी अनुकूल रहेको छ ।

यस गाउँमा बाँस, पोखरी, नहर तथा चट्टानी क्षेत्र भएकाले यस्तो स्थान सर्पका लागी प्राकृतिक रूपले अनुकुल मानिन्छ । यस्तो स्थानमा सर्पको भोजन, स्वास्थ्य, सुरक्षा र उत्पादन सहज हुन्छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १० : ३८ बजे

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या