काठमाडौंको गहनापोखरी – हाँडीगाउँ क्षेत्र सिल | Khabarhub Khabarhub

काठमाडौंको गहनापोखरी – हाँडीगाउँ क्षेत्र सिल


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौका विभिन्न स्थान सिल गरिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर-५ मा पर्ने गहनापोखरी–हाँडीगाउँ क्षेत्रलाई वडा कार्यालयले सिल गरेको हो।

हाँडीगाउँमा एकै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्र सिल गरिएको काठमाडौंको वडा नं. ५ का सदस्य उत्तम शर्माले बताए।

संक्रमित देखिएका व्यक्तिहरू प्रहरीका परिवार र स्थानीय घरधनी रहेको बताइएको छ। प्रहरी सहित उनका परिवारलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू बस्ने घरधनीको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको शर्माले बताए।

संक्रमित प्रहरीका परिवारको पाँच जनालाई अस्पताल लगिएको र घरधनीहरूलाई भने होम आइसोलेशनमै राखिएको उनले बताए।

हाँडी गाउँको कोटाल टोलमा बस्ने ती प्रहरीहरूलाई संक्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका भनिएका २५ जनाको स्वाव संकलन गरेर परिक्षण गरिएको थियो। त्यसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको थियो।

उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको र उनीहरूको पनि स्वाव संकलन गरेर परीक्षणको तयारी भइरहेको उनले बताए।

गहनापोखरी–हाँडीगाउँ क्षेत्रका सबै पसल बन्द गरिएका छन भने अत्यावश्यक काम बाहेक आवागनमा प्रतिबन्ध लगाइएको छ। स्थानीय समुदायले उक्त क्षेत्रलाई थप समय सिल गर्न सुझाव दिएमा समितिमा छलफल गरेर निर्णय गरिने उनले बताए।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  २ : ४१ बजे

सानो गौचरनलाई व्यवस्थित खेल मैदानमा रूपान्तरण गरिँदै (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका– ५ ज्ञानेश्वर नजिकै रहेको सानो गौचरन फुटबल

अमेरिकी हमलापछि इरानले हान्यो इजरायलका १४ सहरमा मिसाइल

तेहरान- अमेरिकाले इरानको फोर्डो, नतान्ज र इस्फहानस्थित तीनवटा प्रमुख परमाणु

‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’ शशी लुमुम्बूलाई 

काठमाडौं– कवि तथा प्राज्ञ शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझा शृङ्खला

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

नागरिक उड्डयन र हवाई सेवा प्राधिकरण विधेयक कुनै संस्था टुक्र्याउन होइन : मन्त्री पाण्डे

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई