अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका जाँदै « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका जाँदै


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इराक- इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका जाने भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उनी अमेरिका जान लागेको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् ।

राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यही अगस्ट २० तारिखमा उनी अमेरिकाको वासिङ्टन आउने जनाएको छ ।

“राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीलाई ह्वाइट हाउसमा अगस्ट २०, २०२० मा स्वागत गर्नुहुनेछ,” ह्वाईट हाउसद्वारा शुक्रबार जारी वक्तव्यमा लेखिएको छ ।

वक्तव्यका अनुसार दुई देशबीचको सम्बन्ध संकटमा परिरहेका बेला उनीहरुका बीचमा भेटवार्ता हुन लागेको हो ।

उनीहरुका बीचमा इस्लामिक स्टेट (आइएस)का हिंसात्मक गतिविधिहरु नियन्त्रण गर्ने र कोरोनाभाइरसको नियन्त्रणमा सहकार्य गर्ने बारेमा छलफल हुने जनाइएको छ ।

यस भेटवार्ताले वासिङ्टन र बग्दादबीचको दुई पक्षीय सम्वन्धलाई सकारात्मक र बलियो बनाउदै सुरक्षा, उर्जा, स्वास्थ्य, अर्थतन्त्रलगायतका विषयमा सहयोग आदानप्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : ०८ बजे

एसियाली खेलकुद लक्षित प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा

टेलिकमलको जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले ग्राहक विवरण (केवाईसी-नो इयोर

संविधान संरक्षण गर्दै आवश्यक संशोधनबाट क्रियाशील बनाइने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान संविधानको संरक्षण गरी

‘श्री बुकुरो’ : दशकौँको फिल्म यात्रामा लक्ष्मीको नयाँ मोड

काठमाडौं- ‘श्री’ शब्दले सुन्दरता, शक्ति, बुद्धि र धनको सन्तुलनलाई जनाउँछ

मदनसहितले ०४८ मा अघि सारेको चुनावी एजेन्डाबाट के–के छाड्यो एमालेले ?

काठमाडौं– नेकपा (एमाले)ले काठमाडौंमा भएको पाँचौँ महाधिवेशनपश्चात् मार्गनिर्देश सिद्धान्तका रुपमा