मौसम खराबीका कारण स्थगित भएको ‘मातृभूमि कप’ यो मितिमा हुने « Khabarhub

मौसम खराबीका कारण स्थगित भएको ‘मातृभूमि कप’ यो मितिमा हुने


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजना गर्न लागिएको ‘मातृभूमि कप’ आउँदो चैत्र ३० गते हुने भएको छ । शनिवार हुने भनिए पनि खराब मौसमका कारण निर्धारित कार्यक्रम स्थगित भएको थियो ।

चैत्र २३ गतेका लागि भनेर कलाकारले लामो समय रिहर्सल समेत गरेका थिए । मौसम खराब भएपछि कार्यक्रम एक हप्ता पछाडि सारिएको कलाकार तथा अभियन्ता सीताराम कट्टेलले जानकारी दिए ।

नयाँ वर्षको अवसर पारेर गरिन लागिएको ‘मातृभूमि कप’ का लागि कलाकारले मंगलबारदेखि पुनः अभ्यास खेल खेल्नेछन् ।

प्रतियोगिताको मितिमा सामान्य हेरफेर गरिएपछि पहिले नै खरिद गरिएका टिकट लिएर पनि खेल हेर्न पाइने आयोजकले जनाएको छ । प्रतियोगिता हेर्नका लागि रुपैयाँ ३ सयको टिकटको व्यवस्था गरिएको छ ।

टिकट इ–सेवाका माध्यमबाट पनि काट्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ११ : ३९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको