आमाबुवा बन्नुपर्ने १० कारण « Khabarhub

आमाबुवा बन्नुपर्ने १० कारण


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अपवाद बाहेक हरेक विवाहित जोडी आमाबुवा बन्न चाहान्छन् । हरेक ब्यक्तिको जीवनमा सन्तानको विशेष महत्व हुने गर्दछ ।

सन्तान हुनु ब्यक्ति प्राकृतिक, मानसिक र ब्यवहारिक रुपले परिपक्क हुनु संकेतका रुपमा बुझिन्छ । तर कतिपय मानिसहरु बिहेपछि सन्तान जन्माउन चाहदैनन् ।

करियर, स्वतन्त्रता र घरब्यवहारमा फस्न नचाहाने भन्दै केहि दम्पती सन्तान जन्माउने चाहना मार्दछन् । तर हरेक मानिसको जीवनमा सन्तान अति महत्वपुर्ण हुन्छ । सन्तान हुनुको सकारात्मक पक्ष असीमित छन् । आज हामी यसबारे चर्चा गर्नेछौ ।

१. दम्पतीबीचको मायाको चिनोको रुपमा सन्तानलाई हेरिन्छ । यसले पतिपत्नीबीचको सम्बन्ध सन्तान हुनुपुर्व शिशु गर्भमा रहेदेखि बलियो पार्दछ । श्रीमानलाई श्रीमतीको सबैभन्दा माया लाग्ने समय यहि हो ।

२. एक बाबुलाई श्रीमती गर्भवती भएदेखि आफ्नो सन्तानबारे ब्यग्र प्रतिक्षा हुन्छ । यो प्रतिक्षा कुनै परीक्षा, सम्पती वा नोकरी पाउँदाभन्दा महत्वपुर्ण हुन्छ ।

३. सन्तानको आगमन पछि दम्पतीबीच थप आत्मियता बढ्ने गर्दछ । यसले सम्बन्ध थप प्रगाढ र मजबुत बनाउँछ ।

४. कुनै पनि महिलाका लागी उसले प्राप्त गरेको ठुलाठुला सफलताभन्दा आमा बनेको क्षण महत्वपुर्ण हुन्छ । नारीहरु आमा भएपछि मात्र आफूलाई पूर्ण ठान्छन् । यसका लागी ९ महिनासम्म गर्भधारण गर्नु, यस अवधीमा अनेकौं योजना र सपना बुन्नु यो भन्दा सुखद पल अर्काे हुन सक्दैन ।

५. सन्तानको आगमनसँगै परिवारमा आउने खुसी असिमित हुन्छ । एक आमा वा बुवाका लागी सन्तानको आगमन आनन्दित रहने गर्दछ ।

६. बच्चालाई भगवानको प्रतिक र आर्शिवाद मानिन्छ । उनीहरुमा जस्तो निश्चलता र सत्यता ठुला मानिसमा हुदैन । यहि कारणले हरेक अभिभावकका लागी सन्तान जीवन जिउने कारण बनिदिन्छन् ।

७. सन्तान भएपछि जस्तोसुकै विवादका बीचमा पनि परिवारलाई एकसुत्रमा बाध्ने काम गर्दछ । अझ जब बच्चा बोल्न, हिड्न वा हास्न थाल्दछ यसले परिवारबीचको मनमुटाव नष्ट पार्दछ ।

८. जब आफ्नो सन्तान हास्न थाल्दछ वा आफुसित आउन खोज्दछ त्यो पल मष्तिकमा रहेको जस्तो सुकै तनावपनि हराएर जान्छ । बच्चाको एक मुस्कानले तपाई सारा तनाव भुलाउन क्षमता राख्दछ ।

९. सन्तान भएपछि आफ्ना आमाबुवाले आफुलाई गरेको लगानी र प्रेमबारे जानकारी हुन्छ । यस अलावा आफ्नो बाल्यकालमा फर्काउन पनि सन्तान महत्वपुर्ण हुन्छन् ।

१०. सन्तान हुने अभिभावक आफुलाई कहिल्यै एक्लो महशुस गर्दैनन् । अझ आमाहरु जतिसुकै समस्या भएपनि आफ्नो कुविचारलाई सन्तान सम्झेर जीउने प्रयाश गर्दछन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १० : २१ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र