जिके पोख्रेलको कथा सङ्ग्रह ‘गोहो’ सार्वजनिक | Khabarhub Khabarhub

जिके पोख्रेलको कथा सङ्ग्रह ‘गोहो’ सार्वजनिक


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कथाकार जिके पोख्रेलको कथा सङ्ग्रह ‘गोहो’ को विमोचन गरिएको छ । काठमाडौंको अनामनगरस्थित सर्वनाम थियटरमा शनिबार सम्पन्न विमोचन कार्यक्रममा समीक्षकद्वय महेश पौड्याल, राजिन पनेरु र कथाकार पोख्रेलले संयुक्त रुपमा पुस्तक विमोचन गरे ।

नेपालको दशवर्षे जनयुद्धले सामाजिक र राजनैतिक रुपमा पारेको प्रभावलाई कथाकारले आफ्ना कथामा उतारेका छन् । विमोचन कार्यक्रममा बोल्दै समीक्षक महेश पौड्यालले पोख्रेलका कथा राजनैतिक र सामाजिक विषयवस्तुमा आधारित हुँदाहुँदै पनि तटस्थ रहेको बताए ।

जनयुद्धको कथालाई जिकेले झण्डै एक दशकपछि लेखेकाले यो सम्भव भएको पौड्यालको भनाइ थियो ।

कार्यक्रममा अर्का समालोचक राजिन पनेरु पोख्रेलका पुस्तकले नेपाली समाजको निकट विगतको ठूलो सकसको कथा बोकेको धारणा राखे ।

पोख्रेलका यसअघि दुईवटा कथा संग्रह ‘जून निदाएको रात’ र ‘स्वाभिमानको चिता’ सार्वजनिक भइसकेका छन् । ‘गोहो’ दशवटा कथा समावेश छन् भने यो कृतिलाई अक्षर~शालाले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १२ : ५२ बजे

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण

पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन – पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

चितवन – मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन्