महाधिवेशन नजिकिदै गर्दा देउवाले नियुक्त गरे कांग्रेसका १० विभागका प्रमुख | Khabarhub Khabarhub

महाधिवेशन नजिकिदै गर्दा देउवाले नियुक्त गरे कांग्रेसका १० विभागका प्रमुख


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाधिवेशनको मिति नजिकिदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त रहेका विभिन्न १० वटा विभागका प्रमुखको टुंगो लगाएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाविधेशनको आचारसंहितासमेत उल्लंघन हुने गरी विभागका प्रमुखहरू नियुक्त नगर्न ध्यानाकर्षण गराए पनि सभापति देउवाले विभिन्न १० विभागको नेतृत्व नियुक्त गरेका हुन् ।

देउवाले संगठन विभागको जिम्मा पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई दिएका छन् भने हरिप्रसाद नेपाललाई शिक्षा विभागको प्रमुख नियुक्त गरेका हुन् ।

यस्तै महेन्द्र यादवलाई यातायात समन्वय विभाग, फर्मुल्लाह मन्सुरलाई मुस्लिम विभाग, तराई मधेश समन्वय विभागको नेतृत्वमा अजयकुरमा चौरसियालाई नियुक्त गरिएको छ ।

संघीय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखमा रमेश रिजाल, वन वतावरण विभागमा अम्बिका बस्नेत, वित्तिय तथा सहकारी समन्वय विभागमा आनन्द ढुंगाना, स्थानीय तह समन्वय विभागमा अर्जुन जोशी र वीरबहादुर वलायरलाई निर्माण व्यवसायी समन्वय विभागको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १२ : ३९ बजे

मेची भन्सार कार्यालयबाट आयात र निर्यात दुवै घट्यो

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को पहिलो महिना साउनमा

यी भूभागमा हावाहुरी र भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था

सुन्दरताले भरिपूर्ण ‘दिज गाउँ’ ओझेलमा

बागलुङ– वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी ।

जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित