बाजुराको बुढीगंगामा भीषण बाढी : पुल बगायो, बस्ती जोखिममा(फोटो फिचर) « Khabarhub

बाजुराको बुढीगंगामा भीषण बाढी : पुल बगायो, बस्ती जोखिममा(फोटो फिचर)


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बाजुरा- केही दिन यता परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा क्षति पुर्‍याएको छ ।

मौसमविदले नेपालमा फेरि मनसुन सक्रिय भएको र विभिन्न प्रदेशमा भारी बर्षा हुनसक्ने बताइरहेका बेला बाजुरामा बुढीगंगा नदीमा आएको बाढीले बेलिब्रिज र झोलुङ्गे पुल बगाएको छ ।

बाढीले बेलिबिज्र र झोलुङ्गे पुल बगाएपछि स्थानीयलाई आवतजावतमा कठिनाइ भएको छ ।

बाढीले साफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलिब्रिज बगाएको हो । बुढीगंगा नदीको बाढीले बाजुराका विभिन्न बस्ती जोखिममा परेका छन् ।

बाढीले घागर, भौनेरा, रापकलगायत तटीय क्षेत्रका बस्तीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

उद्धारका लागि प्रहरी टोली जान सकेको छैन । गएराति जिल्लाबाट खटिएको टोली बडिमालिका नगरपालिका–९ को पहिरोका कारण रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यसअघि गुइगाड खोलामा आएको बाढीसँगैको पहिरोले बुढीगंगा नदी थुनिँदा नदी किनाराका बस्ती जोखिममा परेका थिए ।

तस्वीर- उमेश बिष्टको फेसबुकबाट

 

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ९ : ३५ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी