अदालतको आदेश र संविधान अनुरुप वंशजका आधारमा नागरिकताका लागि गृहको परिपत्र : गृहमन्त्री थापा | Khabarhub Khabarhub

अदालतको आदेश र संविधान अनुरुप वंशजका आधारमा नागरिकताका लागि गृहको परिपत्र : गृहमन्त्री थापा


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–  गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताएका छन् । गण्डकी प्रदेशमा हिजोदेखि जारी दुई दिने सुरक्षा गोष्ठीकालागि पोखरा आएका गृहमन्त्री थापाले आइतवार आयोजित पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको बताए ।

संसद्मा नागरिकतासम्बन्धी विधेयक छलफलका क्रममा रहे पनि अधिवेशन रोकिएका कारण तत्कालिन समस्या समाधान गर्न मन्त्रालयले परिपत्र गरेको स्पष्ट पार्दै उनले सर्वोच्च अदालतको आदेशका साथै संविधानमा व्यवस्था भएकाले यसमा शंका गर्नुपर्ने अवस्था नरहेको बताए ।

प्रदेश प्रहरी ऐन छलफलका क्रममा रहेका र संसदको अर्को अधिवेशनले यसलाई पारित गर्ने उनले जानकारी दिए । सरकार गठन भएको एक वर्षलाई आधार वर्षका रुपमा लिइएको उल्लेख गर्दै गृहमन्त्री थापाले यसबीचमा विकासका पूर्वाधार निर्माणका साथै नीतिगत र संरचनागतरुपमा काम भएको बबताए ।

उहाँले सरकार शान्ति सुरक्षा कायम गर्न सफल भएकाले पृथकतावादी आन्दोलनमा लागेको समूहलाई देशको अखण्डता र विकासमा समाहित हुने गरी मूलधारमा ल्याइएको बताए । विप्लब समूह शान्ति सुरक्षा र विकासका निम्ती बाधक भएको उल्लेख गर्दै उनीहरूलाई पनि मूल प्रवाहमा ल्याउने प्रयास भइरहेको बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १ : २७ बजे

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) को उत्तरपश्चिमी टुम्बा

कलंकीस्थित ईडीफाई ईन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना हुँदा ९ वर्षीया छात्राको मृत्यु

काठमाडौं– काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित ईडीफाई ईन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको माईक्रो भ्यानको

जलविद्युत परियोजनाबारे राष्ट्रपति पौडेलको चासो 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत  तथा सिँचाइ मन्त्री दीपक

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

काठमाडौं– पर्यटन व्यवसायमा महिला सहभागिता अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका