कर्णाली नदीमा आएको बाढीले खतराको संकेत नाघ्यो « Khabarhub

कर्णाली नदीमा आएको बाढीले खतराको संकेत नाघ्यो


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले खतराको संकेत नाघेको छ ।

कर्णाली नदीमा सोमबार दिउँसो पानीको सतह १०.१० मिटर पुगेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले जानकारी दिए ।

१० मिटरभन्दा बढी पानीको सतह भए खतराको संकेत मानिने भन्दै नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको उनले बताए ।

हिजोदेखि परिरहेको वर्षाका कारण कैलालीका नदीहरूको जलस्तर वृद्धि भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।

उनले कर्णाली, लिक्मा, खुटिया, कान्द्रा, मोहना, पथैरैया, काढा लगायतका नदीहरूको जलस्तर निरन्तर बढिरहेको पनि बताए।

बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै सुरक्षाका तीनओटै निकायलाई तयारी अवस्था रहन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ३ : ४७ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी