कर्णाली नदीमा आएको बाढीले खतराको संकेत नाघ्यो « Khabarhub

कर्णाली नदीमा आएको बाढीले खतराको संकेत नाघ्यो


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले खतराको संकेत नाघेको छ ।

कर्णाली नदीमा सोमबार दिउँसो पानीको सतह १०.१० मिटर पुगेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले जानकारी दिए ।

१० मिटरभन्दा बढी पानीको सतह भए खतराको संकेत मानिने भन्दै नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको उनले बताए ।

हिजोदेखि परिरहेको वर्षाका कारण कैलालीका नदीहरूको जलस्तर वृद्धि भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।

उनले कर्णाली, लिक्मा, खुटिया, कान्द्रा, मोहना, पथैरैया, काढा लगायतका नदीहरूको जलस्तर निरन्तर बढिरहेको पनि बताए।

बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै सुरक्षाका तीनओटै निकायलाई तयारी अवस्था रहन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ३ : ४७ बजे

लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई