बार एशोशियशनले भन्यो – प्रधानन्यायाधीशको न्याय सम्पादन सन्तोषजनक हुन सकेन « Khabarhub

बार एशोशियशनले भन्यो – प्रधानन्यायाधीशको न्याय सम्पादन सन्तोषजनक हुन सकेन


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बार एशोशियशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको भूमिकाको न्याय सम्पादन सन्तोषजनक हुन नसकेको जनाएको छ ।

एशोशियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रधानन्याधीश चोलेन्द्र शमशेर जवराको भूमिका सन्तोषजनक नरहेको बताए ।

‘न्यायपालिकाभित्र न्याय सम्पादन सन्तोषजनक छैन, अहिलेका वर्तमान प्रधानन्यायाधीशले आफ्नो बहाली हुँदाको अवस्थामा दिएका अन्तर्वार्तामा न्यायपालिका भित्रको विसंगति र विकृति हटाउनका लागि न्यायिक नेतृत्व प्रदान गर्दछ भन्ने कुराहरु हामीले पाएका थियौं,’ उनले भने, ‘तर अहिले व्यवहारमा हेर्दा सुधारका झिना मसिना कुराहरु भए तर जनताले चाहेको खास कुरा अझ पनि समाधान हुन सकेको छैन ।’

साथै नेपाल बार एशोशियशनले प्रधानन्याधीशलाई १७ बुँदे मागसहितको ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।

बारले बुझाएको ध्यानाकर्षण पत्रमा न्याय क्षेत्रका विसङ्गति, विकृति, बिचौलिया र भष्ट्राचार नियन्त्रण गर्न बारेका प्रतिनिधि समेत रहने गरी विशेष संयन्त्र गठन गर्न समेत उल्लेख छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : १८ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै